केपी ओली प्रचण्ड माधव नेपाल एमाले


प्रि-ओपन सेसन नेप्सेमा सामान्य अंकले वृद्धि

सहयात्रा टिभी

काठमाडौँ । चैत १९, प्रि-ओपन सेसनमा आइतबार सेयर बजारमा सामान्य अंकले वृद्धि भएको छ । नेप्से परिसूचकमा १.९४ अंकले वृद्धि भई १९१० विन्दुमा आएको छ ।

यससँगै २२ कम्पनीको एक हजार ६३९ कित्ता सेयर खरिदबिक्री हुँदा ७ लाख ३१ हजार ४३५ रुपैयाँको कारोबार भएको छ । यो सेसनमा कुल ११ कम्पनीमा उकालो लागेको छ भने ८ कम्पनी घटेको छ । ३ कम्पनी स्थिर रहेको छ ।

यता, १३ उपसूचकहरू मध्ये ५ कम्पनीमा वृद्धि भएको छ । एउटा कम्पनीमा गिरावट आएको छ भने बाँकी कुनै पनि कम्पनीमा परिवर्तन आएको छैन ।

प्रकाशित : 2 April, 2023

प्रतिक्रिया दिनुहोस्