केपी ओली प्रचण्ड माधव नेपाल एमाले


आईओसी बाट घटेर आयो इन्धनको मूल्य नेपालमा के होला

सहयात्रा टिभी

काठमाडौँ । चैत १९, भारतीय आयल निगम (आईओसी) बाट घटेर इन्धनको नयाँ मूल्य तोकीएको जानकारी प्राप्त भएको छ ।

जसअनुसार डिजेल, पेट्रोल र ग्याँसको मूल्य घटेर आएको नेपाल आयल निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए ।

उपाध्यायका अनुसार खाना पकाउने ग्याँसको मूल्य प्रतिसिलिण्डर ८६ रुपैयाँ, पेट्रोल लिटरमा १ रुपैयाँ ५० पैसा र डिजेलको मूल्य लिटरमा ७ रुपैयाँले घटेर प्राप्त भएको छ । घटेको नयाँ मूल्यअनुसार निगमले बजार उपभोक्ता मूल्य भने घटाइसकेको छैन ।

घटेको नयाँ मूल्यपछि निगमलाई १५ दिनमा एक अर्ब ५० करोड बढी नाफा हुने प्रक्षेपण गरिएको छ । बितेको १५ दिनमा निगमलाई ५८ करोड रुपैयाँ बढी नाफा थियो ।

सरकारले ६ अर्ब ५० करोड ऋण र भारतीय आयल कर्पोरेसनको ८ अर्ब बक्यौता अझै बाँकी रहेको निगमका आर्थिक विभाग प्रमुख नागेन्द्र साहले बताए ।

 

प्रकाशित : 2 April, 2023

प्रतिक्रिया दिनुहोस्