आमसञ्चार ऐन र मिडिया काउन्सिल ऐन संसदमा प्रस्तुत गर्ने : सञ्चारमन्त्री शर्मा
काठमाडौँ । चैत २०, सोमबार बिहान रेडियो नेपालको ७३औं स्थापना दिवसको अवसरमा बोल्दै मन्त्री शर्माले आमसञ्चार ऐन र मिडिया काउन्सिल ऐन पनि संसदमा प्रस्तुत गर्ने सरकारको तयारी भइरहेको मन्त्री शर्माले बताइन् ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारी सञ्चार माध्यमहरू भजनमण्डली बन्न नहुने बताएकी छन् । सञ्चार माध्यमहरू सरकारको तर्फबाट पनि सञ्चालन भइरहेका छन् ।
तिनीहरू भजनमण्डली हुनुहुँदैन भन्ने हाम्रो सैद्धान्तिक मान्यताअन्तर्गत अहिले प्रसारण ऐन जसरी संसदमा गएको छ, त्यो प्रसारण ऐन पारित भइरहँदाखेरिमा रेडियो नेपाल, नेपाल टेलिभिजनका विषयमा त्यसले नयाँ एउटा वातावरण सिर्जना गर्छ ।’
मन्त्री शर्माले जनतालाई सुसूचित बनाउने, जनतामाझ प्रभावकारी काम गर्ने वातावरण सिर्जना गर्ने कार्यक्रमहरू सञ्चार माध्यमहरुले प्रसारण एवं प्रकाशन गर्न जरुरी रहेको बताइन् ।