केपी ओली प्रचण्ड माधव नेपाल एमाले


उद्योग वाणिज्य महासंघको निर्वाचन यही २९ चैतमा हुने 

सहयात्रा टिभी

काठमाडौँ । चैत २२, सरकार पछि देशभर सबभन्दा ठूलो सञ्जाल रहेको व्यावसायिक प्रतिष्ठान नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचन यही २९ चैतमा हुने जानकारी प्राप्त भएको छ ।

विधानतः हाल वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल ३० चैतमा स्वतः महासंघको अध्यक्ष बन्ने छन् । अर्को कार्यकालमा महासंघको नेतृत्व लिने वरिष्ठ उपाध्यक्ष र कार्यसमितिमा महत्वपूर्ण भूमिकाका लागि हुने निर्वाचनको मिति नजिकिएसँगै पेचिलो रस्साकस्सी बढेको बुझिएको छ ।

वरिष्ठ उपध्यक्षसहित वस्तुगत, एसोसिएट र जिल्ला–नगरका तीन उपाध्यक्ष पद तथा कार्यसमतिका लागि महासंघमा यसपटक स्पष्ट तीन धार देखिएको छ ।

पूर्वउपाध्यक्ष उमेशलाल श्रेष्ठ, हालका एसोसिएट्स र वस्तुगत उपाध्यक्षद्वय रामचन्द्र संघाइ र अञ्जन श्रेष्ठ प्यानल घोषणा गरेरै प्रतिस्पर्धामा उत्रिएका छन् ।

मंगलबार वरिष्ठ उपाध्यक्षका तीनैजना आकांक्षीले आ–आफ्ना प्यानलसहित उम्मेदवारी दर्ता गराएका छन् । महासंघको निर्वाचन समितिको कार्यालयकाअनुसार महासंघको कुल ६४ पदका लागि ११८ जनाको प्रारम्भिक उम्मेदवारी परेको छ ।

 

प्रकाशित : 5 April, 2023

प्रतिक्रिया दिनुहोस्