केपी ओली प्रचण्ड माधव नेपाल एमाले


सुनको मूल्य ८०० रुपैयाँले घट्यो,

सहयात्रा टिभी

काठमाडाै । चै २३, बुधवार छापावाला सुनको मूल्यले नयाँ रेकर्ड बनाएर १ लाख ११ हजार रुपैयाँमा कारोबार भएको थियो । यो मूल्य बिहीवार प्रतितोला ८०० रुपैयाँले घटेर १ लाख १० हजार २०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

महासंघका अनुसार बिहीवार तेजावी सुनको मूल्य भने प्रतितोला १ लाख ९ हजार ६५० रुपैयाँ कायम भएको छ । सुनको मूल्य घटेसँगै बिहीवार चाँदीको मूल्य पनि घटेको छ । बिहीवार चाँदीको मूल्य वुधवारको तुलनामा प्रतितोला ५ रुपैयाँले घटेको छ ।

बुधवार चाँदी प्रतितोला १ हजार ४४० रुपैयाँमा कारोबार भएको थियो भने बिहीवार १ हजार ४३५ रुपैयाँ कायम भएको महासंघले जानकारी दिएको छ ।

 

प्रकाशित : 6 April, 2023

प्रतिक्रिया दिनुहोस्