केपी ओली प्रचण्ड माधव नेपाल एमाले


धनगढी–दिपायल फास्ट ट्रयाकको काम बजेट अभावका कारण प्रभावित

सहयात्रा टिभी

काठमाडौं । चैत २३, धनगढी–दिपायल फास्ट ट्रयाकको काम बजेट अभावका कारण प्रभावित भएको स्रोतले जनाएको छ ।

सुदूरपश्चिमको अस्थायी राजधानी धनगढीलाई साविकको क्षेत्रीय सदरमुकाम डोटीको दिपायल जोड्ने सो सडकलाई रणनीतिक महत्वको मानिन्छ ।

यो कैलालीको धनगढीलाई डोटीसँग जोड्ने छोटो दुरीको सडक हो । ९५ किलोमिटर लामो द्रुत मार्ग निर्माणका लागि आर्थिक वर्ष २०७७/७८ र २०७८/७९ मा कैलाली खण्डको १९.६ किलोमिटर र डोटीको खण्डको २५ किलोमिटर सडक कालोपत्रेका लागि चार प्योकजमा ठेक्का भएको थियो ।

तर सरकारले दायित्वअनुसारको बजेट निकासा नगरेको भन्दै सडक निर्माणको काम गत कात्तिक महिनादेखि ठप्प छ ।

धनगढी–दिपायल फास्ट ट्रयाक योजना कार्यालय बिपीनगरका अनुसार उक्त सडकखण्डमा काम चलिरहेका चार वटा योजनामा चालु आर्थिक वर्षमा ७७ करोड बजेटको दायित्व छ तर संघीय सरकारले गत फागुन अन्तिम साता १५ करोड रुपैयाँ मात्र निकासा दिएको छ ।

 

प्रकाशित : 6 April, 2023

प्रतिक्रिया दिनुहोस्