केपी ओली प्रचण्ड माधव नेपाल एमाले


सुन चाँदीको मुल्य घट्यो

सहयात्रा टिभी

काठमाडौं । चैत २३, बढेर अहिलेसम्मकै उच्च विन्दुमा पुगेको सुनको मुल्य आज भने घटेको सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

तोलामा ८ सय रुपैयाँले घटेर सुन आज एक लाख १० हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो सुनको मुल्य तोलामा एक लाख ११ हजार रुपैयाँमा पुगेको थियो ।

यस्तै आज चाँदीको पनि मुल्य केही घटेको छ । तोलामा ५ रुपैयाँले घटेर चाँदी आज एक हजार चार सय ३५ रुपैयाँमा किनबेच भइरहेको छ ।

 

 

प्रकाशित : 6 April, 2023

प्रतिक्रिया दिनुहोस्