केपी ओली प्रचण्ड माधव नेपाल एमाले


प्राधिकरणले कार्य सम्पादन सन्तोषजनक नभएका ७ वटा निर्माण कम्पनीसँग ठेक्का तोड्ने

सहयात्रा टिभी

काठमाडौं । चैत २४, नेपाल विद्युत प्राधिकरणको सुदूरपश्चिम प्रादेशिक कार्यालयले कार्य सम्पादन सन्तोषजनक नभएका ७ वटा निर्माण कम्पनीसँग ठेक्का तोड्ने प्रक्रिया अघि बढाएको जनाएको छ ।

कार्यालयले आज सूचना जारी गरी ७ कम्पनीलाई सात दिनभित्र निर्माण व्यवसायी स्वयं उपस्थित भएर स्पष्टीकरण पेस गर्न जनाएको छ ।

कार्यालयले पूर्वचौकी–१ डोटीको नेत्र निर्माण सेवा, राजपुर डोटीको मा भगवती निर्माण सेवा, बानेश्वर काठमाडौंको धुलिखेल एलबी एण्ड एबी जेभी, धनगढी कैलालीको एलबी, एबीरमा भगवती जेभीलाई ठेक्का रद्द किन नगर्ने भनेर स्पष्टीकरण सोधेको छ ।

यसैगरी धनगढी कैलालीको ओम बिरभद्र निर्माण कन्स्ट्रक्सन, गौमुल–३ बाजुराको मनकामना निर्माण सेवा र दिपायल सिलगढी–८ डोटीको एसएस कन्स्ट्रक्सनसँग पनि स्पष्टीकरण सोधिएको छ ।

यी कम्पनीहरुले आदर्श, सायल, बोगटान, बडीकेदार, जोरायल गाउँपालिकाका विभिन्न वडाहरुमा एचटी, एलटी लाइन निर्माण तथा ट्रान्सफर्मर जडानका लागि ठेक्का सम्झौता गरेका छन् । तर सम्झौता अनुसारको काम गरेपछि प्राधिकरणले पटक–पटक लिखित तथा मौखिक ताकेता गर्दासमेत तोकिएको अवधिभित्र काम सम्पन्न नगरेपछि सातदिने स्पष्टीकरण सोधेको प्राधिकरणले जनाएको छ ।

 

प्रकाशित : 7 April, 2023

प्रतिक्रिया दिनुहोस्