केपी ओली प्रचण्ड माधव नेपाल एमाले


सुनकोे भाउ फेरि तोलामा दुई सय रुपैयाँले घट्यो

सहयात्रा टिभी

काठमाडौं । चैत २४, हप्ताको अन्तिम दिन शुक्रबार फेरि तोलामा दुई सय रुपैयाँले घटेर एक लाख १० हजार रुपैयाँ कायम भएको छ ।

बुधबार सुनकोे भाउ अहिलेसम्मकै उच्च थियो । बिहीबार पनि सुनको भाउ तोलामा ८ सय रुपैयाँले घटेर एक लाख १० हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।  मंगलबार सुनको भाउ तोलाको एक लाख ९ हजार रुपैयाँ थियो ।

हप्ताको पहिलो दिन आइतबार सुनको भाउ तोलामा ६ सय रुपैयाँले घटेर एक लाख ८ हजार ६ सय रुपैयाँ कायम भएको थियो । सोमबार फेरि ६ सय रुपैयाँ घटेको सुनको भाउ मंगलबार र बुधबार भने बढेको थियो ।

अन्तर्राष्ट्रिय बजारमै भाउ उतारचढाव रहेकाले नेपाली बजारमा पनि त्यसको असर देखिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

 

प्रकाशित : 7 April, 2023

प्रतिक्रिया दिनुहोस्