केपी ओली प्रचण्ड माधव नेपाल एमाले


दुई कम्पनीको ४ लाख ३१ हजार संस्थापक शेयर बिक्रीमा

सहयात्रा टिभी

काठमाडौं । चैत २६, आइतवार दुई कम्पनीले संस्थापक शेयर विक्रीका लागि सुचना जारी गरेका छन् । सिद्धार्थ बैंक र प्रोग्रेसिभ फाइनान्सको कुल ४ लाख ३१ हजार कित्ता संस्थापक शेयर विक्रीमा ल्याएका हुन । यी दुबै कम्पनीहरूले मात्र खरीद गर्न पाउने गरी यो शेयर विक्रीमा ल्याएका हुन ।

कुल कित्ता शेयरमध्ये प्रोग्रेसिभ फाइनान्सको ३ लाख ४१ हजार ६४७ कित्ता रहेको छ भने सिद्धार्थ बैंकको ८९ हजार ३५३ कित्ता रहेको छ । प्रोग्रेसिभ फाइनान्सले चैत २५ गते सुचना जारी गर्दै ३५ दिनभित्र गोप्य शिलबन्दी बोलपत्र पेश गर्न भनेको हो । प्रोग्रेसिभ फाइनान्सको उल्लेखित कित्ता शेयर खरीदका लागि कम्पनीको केन्द्रिय कार्यालय तिनकुने, काठमाडौंमा बोलपत्र पेश गर्नुपर्नेछ ।

सिद्धार्थ बैंकले भने चैत २६ गते सुचना जारी गर्दै ३५ दिनभित्र गोप्य शिलबन्दी बोलपत्र बैंकको केन्द्रिय कार्यालय हात्तिसार, काठमाडौंमा पेश गर्न भनेको छ । दुबै कम्पनीले शेयरको मूल्य भने तोकेका छैनन् । यो शेयर खरीदका लागि विद्यमान संस्थापक शेयरधनीहरूबाट आवेदन प्राप्त नभएमा अन्य व्यक्ति तथा संस्थामा विक्री गरिने जानकारी दुबै कम्पनीले दिएका छन् ।

प्रकाशित : 9 April, 2023

प्रतिक्रिया दिनुहोस्