केपी ओली प्रचण्ड माधव नेपाल एमाले


सेयर बजारमा दोहोरो अंकको गिरावट

सहयात्रा टिभी

काठमाडौँ । चैत्र २६, साताको पहिलो कारोबार दिन आइतबार सेयर बजारमा दोहोरो अंकको गिरावट आएको जनाएको छ । आइतबार सबै उपसूचकहरु राताम्य देखिए ।

यस दिन २८.३१ अंकले घटेको बजार १८३८.४८ विन्दुमा आएको हो । यो १.५२ प्रतिशतको गिरावट हो । २६८ धितोपत्रको २९ हजार २३९ वटा कारोबारबाट ३८ लाख ४३ हजार ७१३ कित्ता सेयर किनबेच भएको छ ।

आइतबार १ अर्ब १५ करोड ९४ लाख ४८ हजार ४११ रुपैयाँको कारोबार भएको छ । सबैभन्दा धेरै जलविद्युतका लगानीकर्ता (२.३५ प्रतिशत)ले गुमाए ।

 

प्रकाशित : 9 April, 2023

प्रतिक्रिया दिनुहोस्