उच्च सतर्कता अपनाउन पूर्वी नाकामा स्वाब परीक्षण अनिवार्य

सहयात्रा टिभी

काठमाडौँ । चैत्र २६, पूर्वी नाका काँकडभिट्टाबाट कोभिड-१९ का सङ्क्रमित भित्रिन नदिन उच्च सतर्कता अपनाउन थालिएको जनाएको छ ।

भारतलगायत तेस्रो मुलुकबाट प्रवेश गर्ने विदेशी नागरिकको स्वास्थ्य परीक्षण अनिवार्य रुपमा गरिएको जनाएको छ ।

हेल्थ डेस्कले विगतदेखि नियमित निगरानी गर्दै आएको भए पनि भारत र नेपालमा कोभिड-१९ को नयाँ भेरियन्टका सङ्क्रमितको सङ्ख्या ह्वात्तै बढ्न थालेपछि नाकामा सतर्कता उच्च बनाइएको हो ।

नेपाल प्रवेश गर्ने विदेशी नागरिकको स्वाब परीक्षण र सबै आगन्तुकको सोधपुछ अनिवार्य गरिएको  जानकारी दिए । चैत महिनामा यो नाकामा गरिएको स्वाब परीक्षणबाट कसैलाई पनि कोभिड–१९ को सङ्क्रमण देखिएको छैन ।

दुई महिनाभन्दा बढी भारतमा काम गरेर फर्किएका नेपाली, नेपालका उद्योगमा काम गर्न आउने भारतीय नागरिक र तेस्रो मुलुकबाट नेपाल प्रवेश गर्ने पर्यटकलाई प्राथमिकतामा राखेर दैनिक स्वाब जाँच गरिरहेको जनाएको छ ।

भारतमा कोभिड सङ्क्रमण बढेसँगै यहाँ पनि जाँचलाई तीव्र बनाइएको छ । नाकामा कोभिड परीक्षणको चाप बढ्दै गएकाले कर्मचारी अभाव हुने देखिएको छ ।

सीमामा स्वास्थ्य जाँचका लागि कोशी प्रदेशको स्वास्थ्य मन्त्रालयबाट एक जना, मेचीनगर नगरपालिकाबाट चार र स्वास्थ्य कार्यालयबाट दुई जना गरी हाल सात कर्मचारीले सेवा दिइरहेका छन् । नगरपालिकालाई थप तीन कर्मचारी पठाइदिन माग गरिएको जनाएको छ ।

 

प्रकाशित : 9 April, 2023

प्रतिक्रिया दिनुहोस्