केपी ओली प्रचण्ड माधव नेपाल एमाले


फेरी कोरोना बढ्यो सतर्कता अपनाऔं

सहयात्रा टिभी

सहयात्रा सम्पादकीयः  विगतका दिनहरुमा जसरी कोरोना महामारीले ब्यापकता पाउदै यसले अझै बढ्दो रुप लिरहेको देखिन्छ ।

केही दिनयता कोरोना संक्रमण उकालो लागेको छ। सोमबार एकै दिन दुई हजार पाँच सय ६६ जनामा गरिएको परीक्षणमा एक सय २४ जना संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

यस्तै, सोमबार २९ जना उपचार गरी घर फर्किएका छन् । अहिलेसम्म सक्रिय संक्रमित संख्या चार सय ४४ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसको संक्रमण अझै केही दिन बढ्ने अनुमान लगाइ रहदा तेस तर्फ ध्यान  दिई घरमै बस्ने र सिमित मानिसको सामिप्यतामा रमाउने तर्फ सोचने पो हो की ।

मौसममा परिवर्तन सँगै नया वर्ष पनि नजिकीएको छ । विभिन्न पार्क तथा स्पटहरुमा बढ्दो चहलपहलले भिडभाड निम्ताएको पनि देखिन्छ । साथै घुम्न जाने र पार्टी गर्ने चिसो खाने लगायत विभिन्न योजनामा कतै हामी बाटै कोरोना सल्कने सहजता मिल्ने होकी यस तर्फ सजग हुनु जरुरी देखिन्छ ।

विभिन्न भेरीयन्ट्मा रुपान्तरीत भै मानिसका दैनिक जनजिबन बन्धि वनाएको तो आलो घाउलाई मलाम पट्टि गर्दै त्यस तर्फ सचेत हुन जरुरी देखिन्छ । त्यसैले सबैले जनस्वास्थ्यका मापदण्ड पालना गरेर जोगिनु आवश्यक छ ।

संक्रमण अझै बढ्ने भएकाले कोरोना भाइरसविरूद्धको खोप लगाउने र पुर्व प्राथमीक उपायहरु अपनाई यसलाई निर्मूल पार्ने पो हो की भनि सोच्नु आवश्यक देखिन्छ ।

अहिलेसम्म सक्रिय संक्रमित काठमाडौं उपत्यकामा २१ जना आइसोलेसन र १० जना सघन उपचार कक्ष (आइसियु) मा उपचाररत छन्।

छिमेकी देश भारतमा फैलिएको कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन एक्सबिबी १.१६ नेपालमा देखापरेको छ ।

शून्यमा झरेको संक्रमण नेपाल-भारत खुला सिमानाका कारणले फैलिएको मन्त्रालयले जनाइ रहेका वेला हामिले पनि सतर्कता अपनाउन सके र आफु र आफ्ने परीवारलाइ भइरस संक्रमण हुन बाट बचाउन सकिन्छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसको संक्रमण अझै केही दिन बढ्ने अनुमान लगाइ रहदा घरमै बस्ने र सिमित मानिसको सामिप्यतामा रमाउने तर्फ सोच राखि, सिंगो समाजबाटै यो पहल चाली समयमै हामी सबै सजग भै, आफु र आफ्नो परिवारलाई कोरोना महामारी बाट निम्ताउने अन्य रोग र माहामारी जन्य अबस्थामा पुग्न नदिन सतर्कता अपनाउन सकिन्छ ।

 

प्रकाशित : 11 April, 2023

प्रतिक्रिया दिनुहोस्