केपी ओली प्रचण्ड माधव नेपाल एमाले


एक महिनामा १ खर्ब ४ अर्बको रेमिट्यान्स भित्रियो

सहयात्रा टिभी

काठमाडौँ । चैत २८, वैदेशिक रोजगारीमा रहेका नेपालीबाट एक महिनाको अवधिमा १०४ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको जानकारी प्राप्त भएको छ ।

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष (आव) २०७९/८० को ८ महिनाको वर्तमान आर्थिक तथा वित्तीय स्थितिसम्बन्धी तथ्यांक सार्वजनिक गरेको छ । जस अनुसार रेमिट्यान्स उक्त रकम बराबर भित्रिएको पाइएको छ । यसको वृद्धिदर २५.३ प्रतिशत रहेको छ ।

चालु आवको फागुनसम्म कुल ७ खर्ब ९४ अर्ब ३२ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । अघिल्लो आवको सोही अवधिमा विप्रेषण आप्रवाह १.३ प्रतिशतले घटेको थियो । अमेरिकी डलरमा समेत विप्रेषण आप्रवाह १४.८ प्रतिशतले बढेको छ । अब यस्तो रकम ६ अर्ब ९ करोड पुगेको छ ।

प्रकाशित : 11 April, 2023

प्रतिक्रिया दिनुहोस्