केपी ओली प्रचण्ड माधव नेपाल एमाले


बैंकर्स संघद्धारा निक्षेपको ब्याजदर एकल अंकमा झर्ने निर्णय

सहयात्रा टिभी

काठमाडौँ । चैत २९, बैंकर्स संघद्धारा निक्षेपको ब्याजदर एकल अंकमा झर्ने निर्णय गरेको जानकारी प्राप्त भएको छ ।

बुधबार विहान बसेको नेपाल बैंकर्स संघको बैठकले १ वैशखदेखि लागु हुने निक्षेपका नयाँ ब्याजदर १० प्रतिशतभन्दा तल राखेर एकल अंकमा झर्ने निर्णय गरेको उपाध्यक्ष सन्तोष कोइरालाले जनाएका छन् ।

१ वैशाखदेखि व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर ९.९९ प्रतिशत र संस्थागत मुद्दती निक्षेपको ब्याजदर ७.९९ प्रतिशत कायम गर्ने निर्णय भएको उनले बताए ।

यस्तै बचतमा न्युनतम ५।४ प्रतिशत र अधिकतम ७.४ प्रतिशत कायम गर्ने तथा कल निक्षेपमा बचतको तल्लो सीमाको ५०प्रतिशत हुन गरी ब्याजदर कायम गर्ने निर्णय भएको कोइरालाले जानकारी दिए ।

 

 

 

प्रकाशित : 12 April, 2023

प्रतिक्रिया दिनुहोस्