केपी ओली प्रचण्ड माधव नेपाल एमाले


सुनको मुल्य आज पनि बृद्धि

सहयात्रा टिभी

काठमाडौँ । चैत २९, सुनको मुल्य आज पनि तोलामा एक हजार रुपैयाँले बृद्धि भएको जनाएको छ । आज सुनको मुल्य तोलामा एक लाख १० हजार ८ सय रुपैयाँ तोकिएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

हिजो सुनको मुल्य तोलामा पाँच सय रुपैयाँले बढेर एक लाख ९ हजार ८ सय रुपैयाँ पुगेको थियो । आज चाँदीको मुल्य पनि बढेको छ । तोलामा १५ रुपैयाँले बढेर चाँदी आज एक हजार चार सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो चाँदी तोलाको एक हजार चार सय ३५ रुपैयाँ रहेको थियो ।

 

प्रकाशित : 12 April, 2023

प्रतिक्रिया दिनुहोस्