२४ घण्टामा १ सय ३६ मा कोरोना पुष्टि

सहयात्रा टिभी

काठमाडौँ । बैशाख १, पछिल्लो २४ घण्टामा एक सय ३६ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको जनाएको छ ।

एक हजार चार सय २४ जनाको नमुना परीक्षण गर्दा एक सय ३६ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

केही दिनयता नेपालमा कोरोना भाइरसको सङ्क्रमण बढिरहेको छ । सङ्क्रमण बढेसँगै स्वास्थ्य मापदण्डको पालना गर्न र कोरोनाविरुद्धको खोप लगाउन मन्त्रालयले आग्रह गरेको छ ।

 

प्रकाशित : 14 April, 2023

प्रतिक्रिया दिनुहोस्