निजी क्षेत्रले २०० मेगावाट बिजुली भारततर्फ बेच्ने सम्झौता गर्‍यो

सहयात्रा टिभी

काठमाडौं । बैशाख ६, नेपाल र भारतका निजी क्षेत्रबाट प्रवर्द्धित कम्पनीले विद्युत् व्यापारको सम्झौता गरेको जनाएका छन् ।

हिजोदेखि काठमाडौँमा सुरु भएको ‘पावर समिट’ मा नेपाल र भारतका निजी क्षेत्रले २०० मेगावाटसम्म बिजुली बेच्न सम्झौता गरेका हुन् ।

नेपालका निजी क्षेत्रले बिजुलीको वैदेशिक व्यापार गर्ने लक्ष्यसहित स्थापना गरेको नेपाल पावर एक्सचेन्ज (नेपेक्स) ले भारतको निजी क्षेत्रसँग बिजुली व्यापारको सम्झौता गरेको छ । नेपेक्सले भारतको स्टिलमिन्टसँग २०० मेगावाट बिजुली बेच्न ‘पावर ट्रेड एग्रिमेन्ट’ गरेको हो ।

प्रकाशित : 19 April, 2023

प्रतिक्रिया दिनुहोस्