इन्जिनियरहरुको लाइसेन्स परीक्षा वर्षमा तीन पटक लिने तयारी

सहयात्रा टिभी

काठमाडौँ । बैशाख ७, नेपाल इन्जिनियरिङ परिषदले इन्जिनियरहरुको लाइसेन्स परीक्षा वर्षमा तीन पटक लिने तयारी गरेको जानकारी दिएको छ ।

परीक्षार्थीहरुलाई लामो समय कुर्न नपरोस् भन्ने उद्देश्यले यसै वर्ष तीन पटक परीक्षा लिने तयारी गरिएको जनाएको हो ।

परिषदका उपाध्यक्ष डा। विकास अधिकारीले यस वर्ष असार, मंसिर र चैत महिनामा इन्जिनियरहरुको लाइन्सेस परीक्षा लिने गरी तयारी गरिरहेको जानकारी दिए ।

इन्जिनियर उत्तीर्ण गरेकाहरुले इन्जियरिङ व्यवसायका लागि परिषदमा दर्ता हुनुपर्ने व्यवस्था छ । यसअघि परिषदले शैक्षिक प्रमाणपत्रको आधारमा दर्ता नम्बर उपलब्ध गराउँथ्यो ।

त्यसबाट गुणस्तरमा प्रश्न उठेपछि परिषदले परीक्षामा पास भएकाहरुलाई मात्र लाइन्सेन्स दिन थालेको हो ।

 

प्रकाशित : 20 April, 2023

प्रतिक्रिया दिनुहोस्