नेपालका थुप्रै ठाउँ मध्ये ताप्लेजुङ पनि पर्यटकको गन्तव्यमा
सहयात्रा टिभी
काठमाडौँ । बैशाख ७, पर्यटकको गन्तव्यमा नेपालका थुप्रै ठाउँ छन् त्यस मध्ये ताप्लेजुङ पनि एक गन्तव्य बन्दै गएको छ । घुम्नका लागि वसन्त ऋतु उपयुक्त समय पनि हो ।
चरम मौसमी अवस्थाको सामना नगरी प्राकृतिक सुन्दरताको आनन्द लिनका लागि उपयुक्त यो समयमा धेरैजसोको रोजाईमा पर्ने प्रमुख गन्तव्य सुदूरपूर्वमा रहेको जिल्ला ताप्लेजुङ पनि प्राय सबैको रोजाईमा रहेको छ ।
विश्वको तेस्रो अग्लो कञ्चनजङ्घा हिमाल, करिब चार सय वर्ष पुरानो दिकीछ्योलिङ गुम्बा, अलौकिक शक्तिपीठ पाथीभरा मन्दिर, फु्ङफुङे झरना, तिम्बुङ पोखरी, सोदु पोखरीलगायतका थुप्रै पर्यटकीय गन्तव्य भएकाले पनि यो जिल्ला धेरैजसोको रोजाइमा पर्ने गरेको हो। यतिबेला यहाँका पर्यटकीय गन्तव्यको यात्रा जो कोहीका लागि पनि सहज र स्मरणीय बन्नेछ ।