भन्सार कर्मचारीलाई इमान्दारिताका साथ काम गर्न अर्थमन्त्रीको निर्देशन

सहयात्रा टिभी

काठमाडौँ । बैशाख १४, अर्थमन्त्री डा. प्रकाशशरण महतले भन्सारका कर्मचारीलाई इमान्दारिताका साथ पारदर्शी भएर काम गर्न निर्देशन दिएको जानकारी प्राप्त भएको छ ।

आज विराटनगर आएका उनले विराटनगर भन्सार कार्यालयको निरीक्षणपछि पारदर्शी भएर काम गर्न निर्देशन दिएका हुन् ।

मन्त्री डा. महतले कर्मचारीको मूल्याङ्कन कामका आधारमा हुने पनि स्पष्ट गरे । उनले भने, ‘कर्मचारीले आफ्नो जिम्मेवारी इमान्दारिताका साथ पारदर्शी रुपमा पूरा गर्नुहुनेछ।’

उनले यो आर्थिक वर्षको असारसम्ममा भन्सार असुलीको प्रतिशत निकै बढ्ने आफूले अपेक्षा गरेको पनि बताए । तर राजस्व बढाउने नाममा करदातालाई अनावश्यक दुःख नदिन पनि उनले निर्देशन दिए ।

मन्त्री डा.महतले भने, ‘समग्रमा हामी पारदर्शीताका साथ काम गरौँ, सेवाग्राहीलाई सहज र सौहादपूर्ण वातावरण निर्माण गरौँ, नियम कानुन अनुसार काम गरौँ हामीले गर्नुपर्ने काममा सम्झौता नगरौं।’

 

प्रकाशित : 27 April, 2023

प्रतिक्रिया दिनुहोस्