इजरायलको जेलमा भोक हडताल गरिरहेका नेता अदनानको निधन

सहयात्रा टिभी

काठमाडौं । बैशाख २०, इजरायलको जेलमा ८६ दिनदेखि भोक हडताल गरिरहेका प्यालेस्टाइनका नेता खदिर अदनानको ज्यान गएको जनाएको छ ।

इस्लामिक जिहाद समूहका वरिष्ठ सदस्य ४५ वर्षका अदनानको हिजो निधन भएको इजरायलको जेल सेवाले जनाएको छ ।

उहाँलाई बेहोस अवस्थामा पाइएको र उपचारका लागि तेल अवीवमा रहेको अस्पताल पुर्याए पनि बचाउन नसकिएको जेल सेवालाई उद्धृत गरी द टाइम्स अफ इजरायलले जनाएको छ ।

नेता अदनानलाई आतंकवादी समूहमा लागेको, समर्थन गरेको र नागरिकलाई उक्साउने काम गरेको आरोपमा गएको फेब्रुअरी ५ मा पक्राउ गरिएको थियो ।

पक्राउ परेपछि उहाँले अनशन थाल्नुभएको थियो । जेलमा रहेर स्वास्थ्य परीक्षण वा उपचार गराउन अस्वीकार गर्नुभएको थियो । प्यालेस्टाइनले जेलमा रहेकै अवस्थामा अदनानको ज्यान गएको विषयलाई छानबिन गर्न माग गरेको छ ।

 

प्रकाशित : 3 May, 2023

प्रतिक्रिया दिनुहोस्