क्यानको नयाँ निर्वाचनका लागि प्रक्रिया अगाढी बढ्यो
काठमाडौं । बैशाख २०, नेपाल क्रिकेट संघ क्यानको नयाँ निर्वाचनका लागि प्रक्रिया अगाढी बढेको जानकारी प्राप्त भएको छ ।
मंगलबार विधान संशोधन गरी कार्यसमितिको नयाँ निर्वाचनका लागि प्रक्रिया सुरु गर्ने बाटो खोलेको जनाएको छ ।
राष्ट्रिय खेलकुद विकास ऐन २०७७ र नियमावली २०७९ अनुकुल हुने गरी विधानमा व्यवस्था गर्ने निर्णय सर्वसम्मत पारित गरिएको क्यान अध्यक्ष चतुरबहादुर चन्दले जानकारी दिए । विधान संशोधनका लागि क्यानले विशेष साधारणसभा बोलाएको थियो ।
क्यानमा अध्यक्ष, उपाध्यक्ष, सचिव र कोषाध्यक्ष गरी ४ जनामात्र पदाधिकारी रहने व्यवस्था छ । नयाँ व्यवस्थाअनुसार अब अध्यक्षबाहेक पदाधिकारी पदक खाली हुँदा सदस्य मध्येबाट कार्यबाहक दिइनेछ ।
जिल्ला कार्यसमितिका पदाधिकारी र सदस्यले दुई कार्यकालभन्दा बढी सोही पदमा निर्वाचित हुन नपाउने दफा ९ (९)मा रहेको व्यवस्थालाई पनि विशेष साधारणसभाले हटाएको छ । क्यान अध्यक्ष चन्दका अनुसार जिल्ला कार्यसमितिको हकमा मात्र यो व्यवस्था राखिएको हो ।