एकैदिन तोलामा १८ सय रुपैयाँले बढ्यो सुनको मूल्य

सहयात्रा टिभी

काठमाडौं । बैशाख २०, सुनको मूल्य एकदैदिन तोलामा १८ सय रुपैयाँले वृद्धि भएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बुधबार छापावाल सुन प्रतितोला १ लाख १० हजार ६०० रुपैयाँले कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सोमबार प्रतितोला १ लाख ८ हजार ८०० रुपैयाँमा कारोबार भएको सुन बुधबार एकैदिन १ हजार ८०० रुपैयाँले वृद्धि भएको हो । यस्तै बुधबार तेजाबी सुन प्रतितोला १ लाख १० हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

मंगलबार प्रतितोला १ लाख ८ हजार ३०० रुपैयाँमा कारोबार भएको तेजाबी सुन बुधबार प्रतितोला १ हजार ७५० रुपैयाँले बढेको हो । बुधबार चाँदीको मूल्यमा पनि वृद्धि भएको छ ।

 

 

प्रकाशित : 3 May, 2023

प्रतिक्रिया दिनुहोस्