गण्‍डकी प्रदेशमा मन्त्रिपरिषद् विस्तार गर्ने तयारी

सहयात्रा टिभी

काठमाडौँ । बैशाख २३, प्रदेश सभाबाट विश्वासको मत पाएसँगै गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मन्त्रिपरिषद् विस्तारको तयारी गरेका छन् ।

सरकारका प्रवक्ता तथा बिना विभागीय मन्त्री सरस्वती अर्याल तिवारीले गठबन्धन दलहरुबीच मन्त्रालय बाँडफाँटलगायत विषय लगभग टुङ्गिसकेको जानकारी दिए । गठबन्धनमा आन्तरिक तयारी भइरहेको र मन्त्रिपरिषद्ले चाँडै पूर्णता पाउने उनले बताए । मुख्यमन्त्रीले प्रदेश सभाबाट विश्वासको पाई सकेका कारण अब मन्त्रिपरिषद् विस्तारमा ढिलाइ नहुने र सहज रुपमा अघि बढ्ने उनको भनाई छ । माओवादी केन्द्रका प्रदेश सभा सदस्य एवं पूर्वमन्त्री रेशम जुग्जालीले गठबन्धन दलहरुबीच मन्त्रालयको भागबण्डा मिलिसकेको बताए ।

मन्त्रालय विस्तार गर्न नसक्नुमा सत्ता गठबन्धनमा भागबण्डा नमिल्नु नै मुख्य कारण देखिएको छ । माओवादी केन्द्रले तीन मन्त्रालय दिनुपर्ने र एकीकृत समाजवादीलाई पनि सरकारमा सहभागी गराउनुपर्ने भएपछि मन्त्रिपरिषद् विस्तार गर्न ढिलाइ भएको मुख्यमन्त्री कार्यालय स्रोतले जनाएको छ । माओवादी केन्द्रले तीन मालदार मन्त्रालय दाबी गर्दा पनि सरकारले पूर्णता पाउन नसकेको मुख्यमन्त्री कार्यालयले जनाएको छ । स्रोतका अनुसार माओवादी केन्द्रले भौतिक पूर्वाधार, उद्योग पर्यटन वन तथा वातावरण र कृषि, ऊर्जा तथा खानेपानी मन्त्रालय दाबी गरेपछि मुख्यमन्त्री पाण्डे अप्ठ्यारोमा छन् । यसअघि प्रमुख सचेतक सुशीला सिम्खडालाई सरकारमा पठाए पनि उनले मन्त्रालयको जिम्मेवारी पाएकी छैनन् । माओवादीले तीन मन्त्रालय पाए अब रेशमबहादुर जुग्जाली, फणीन्द्र देवकोटा सरकारमा पठाउने तयारी गरेको छ ।

प्रकाशित : 6 May, 2023

प्रतिक्रिया दिनुहोस्