सरकारले १२ अर्ब आन्तरिक ऋण परिचालन गर्ने
सहयात्रा टिभी
काठमाडौँ । बैशाख २५, सरकारले १२ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने भएको छ । विभिन्न अवधिको ट्रेजरी बिल बोलकबोल मार्फत १२ अर्ब रुपैयाँ आन्तरिक ऋण परिचालन गर्न लागेको जनाएको हो ।
नेपाल राष्ट्र बैंक मौद्रिक व्यवस्थापन विभागले सोमबार ३० अर्ब १८ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बोलकबोल गर्दैछ ।
जसमध्ये १८ अर्ब १८ करोड नवीकरणका लागि बोलकबोल हुनेछ भने १२ अर्ब रुपैयाँ नयाँ ऋण परिचालन गर्न बोलकबोल हुन लागेको जनाएको हो ।
ट्रेजरी बिल एक वर्ष वा एक वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो । ट्रेजरी बिलहरू अवधिको आधारमा २८ दिने, ९१ दिने, १८२ दिने र ३६४ दिने गरी ४ किसिमका हुन्छन् ।