अदालतको आदेशपछि महानगरले टुकुचा खोला ब्युँताउने प्रक्रिया सुरु

काठमाडौँ । बैशाख २५, काठमाडौं महानगरपालिकाले टुकुचा खोला व्युँताउन औपचारिक प्रक्रिया सुरु गरेको जनाएको छ ।
उच्च अदालत पाटनले टुकुचा खोला भएको र त्यो माथि व्यक्तिगत सम्पत्ती रहेको आदेश दिएपछि आज महानगरपालिकाले खोलामाथि पर्ने लगत कट्टाको माग गर्दै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण र मन्त्रालयमा पत्र लेखेको हो ।
आज मेयर बालेन्द्र साह९बालेन०ले निर्णय गर्दै मन्त्रालयमा पत्र काटेका हुन् ।
मालपोत ऐन, २०३४ को दफा २ ले नदी, खोलानाला तथा सोको क्षेत्राधिकारको जग्गालाई सरकारी र सार्वजनिक जग्गा मानेको छ ।
सोही ऐनको दफा २४९२० ले सरकारी सार्वजनिक जग्गा व्यक्ति विशेषको नाममा दर्ता हुन गएको रहेछ भने त्यस्तो दर्ता स्वतः बदर हुने र सम्बन्धित मालपोत कार्यालय वा नेपाल सरकारले तोकेको अधिकारीले सोको लगत कट्टा गर्नुपर्ने व्यवस्था गरेको छ ।
सो कानुनी व्यवस्थालाई टेकेर महानगरले पत्र लेखेको महानगरका सूचना अधिकारी वसन्त आचार्यले जानकारी दिए ।