प्रहरी परिसर टेकुमा डीएसपीहरु बस्ने कोठा पूर्वगृहमन्त्रीको हिरासत

सहयात्रा टिभी

काठमाडौं । बैशाख २८, नेपाली नागरिकलाई शरणार्थी बनाएर अमेरिका पठाउँछु भन्ने गिरोहलाई सहयोग गरेको आरोपमा पक्राउ परेका पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई जिल्ला प्रहरी परिसर, टेकुले छुट्टै कोठामा राखेको छ ।

अरु बेला प्रहरी नायब उपरीक्षक (डीएसपी) हरु बस्ने कोठामा उनलाई राखिएको हो । कोठाभित्र राखेर बाहिरबाट चुकुल लगाइएको छ । बाहिरपट्टी उनलाई रुंग्न दुई जना प्रहरी बसेका छन् ।

प्रहरीले मन्त्रालयका सचिव रहेका टेकनारायण पाण्डेको बयान र नीतिगत विषयमा गिरोहलाई सहयोग गरेको फेला परेपछि तत्कालीन गृहमन्त्री खाँणलाई पक्राउ गरेको थियो ।

 

प्रकाशित : 11 May, 2023

प्रतिक्रिया दिनुहोस्