प्रधानमन्त्री र रवि लामिछानेबीच भेटवार्ता, के भयो कुराकानी ?

सहयात्रा टिभी

काठमाडौं । वैशाख २९, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेट्वार्ता गरेका छन् ।

आज (शुक्रबार) बिहान प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेट्न लामिछाने बालुवाटार पुगेका हुन् ।

भेटवार्ताका क्रममा सभापति लामिछानेले नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान अघि बढाएकामा प्रधानमन्त्री प्रचण्डलाई धन्यवाद दिएको लामिछानेको सचिवालय स्रोतले जनाएको छ।

स्रोतका अनुसार जवाफमा प्रधानमन्त्रीले भने, ‘अरू पनि धेरैका फाइल खोल्छौँ, तपाईं पनि सरकारमा आउनूस्।’

यसमा सभापति लामिछानेले आफू सरकारमा नभए पनि प्रधानमन्त्रीको कदममा सडकबाटै साथ दिने बताएका थिए।

राष्ट्रिय स्वतन्त्र पार्टीले यसअघि सरकारलाई दिएको समर्थन यही वैशाख २२ गते मात्र फिर्ता लिएको हो।

प्रकाशित : 12 May, 2023

प्रतिक्रिया दिनुहोस्