आज नेप्से १७ अङ्कले घट्यो

काठमाडौँ । बैशाख ३१, आज आइतवार नेप्से १६ दशमलव ९५ अङ्कले घटेर एक हजार आठ सय २१ दशमलव ६५ विन्दुमा झरेको छ ।
आज लगानीबाहेक सबै समूहको शेयर ओरालो लागेको छ । दुई सय ६३ वटा कम्पनीको २७ लाख ८८ हजार कित्ता शेयर ९० करोड रुपैयाँमा कारोबार भएका छ ।
सबैभन्दा धेरै नागरिक लगानी कोषको पाँच करोड ३५ लाख रुपैयाँको शेयर किनबेच भयो । आज सबैभन्दा धेरै राष्ट्र उत्थान लघुवित्तको शेयर छ प्रतिशतभन्दा धेरै तथा दोर्दी हाइड्रो र हिमालयन ऊर्जा विकास कम्पनीको शेयर साढे पाँच प्रतिशतभन्दा धेरैले घटेको छ ।
समग्रमा बजार घटेको दिन आज सबैभन्दा धेरै आत्मनिर्भर लघुवित्तको शेयर १० प्रतिशतले बढेको छ ।