जावलाखेल र मनाङ मर्स्याङ्दी बिचको खेल बराबरीमा टुंगीयो

काठमाडौँ । बैशाख ३१, सहीद स्मारक ए डिभिजन लिगमा जावलाखेल र मनाङ मर्स्याङ्दी बिचको खेल बराबरीमा टुंगीएको हो ।
शीर्ष स्थानको जावलाखेल युथ क्लबले दुई गोलको अग्रता जोगउन नसक्दा मनाङ मर्स्याङ्दी क्लबसँग २-२ को बराबरी खेल्दै अंक बाँडेको छ ।
च्यासल मैदानमा आइतबार भएको खेलमा मनाङले अन्तिम १० मिनेटमा दुई गोल फर्काएपछि खेल बराबरीमा टुंगीएको हो ।
३३औं मिनेटमा एनकोतो मासोबीले गोल गर्दै जावलाखेललाई पहिलो हाफमा अग्रता दिलाएका थिए । ७५औं मिनेटमा हिसुब थपलियाले गोल गर्दै गर्दै अग्रता दोब्बर पारेपछि जवालाखेल जितनजिक पुगेको थियो ।
तर अग्रता कायम राख्न सकेन । मनाङका लागि ८०औं मिनेटमा बिसोन गुरुङ र ९०औं मिनेटमा सुमित महर्जनले गोल गर्दै खेल बराबरी गरे ।