आजदेखि मेलम्चीको पानी दुई साताको लागि बन्द

सहयात्रा टिभी

काठमाडौँ । जेठ १, मेलम्चीको खानेपानी आजदेखि काठमाडौँ उपत्यकामा वितरण गर्न बन्द भएको छ।

आयोजना स्थलको मुहानमा आवश्यक मर्मत सम्भार गर्नुपर्ने भएकाले दुई साताका लागि पानी वितरण बन्द गरिएको हो। सामान्य बाढी आएका बेला पनि आयोजना सञ्चालनमै राख्ने गरी उपकरण जडानसहित मर्मतसम्भार गर्न लागिएको आयोजनाका सिनियर डिभिजनल इन्जिनियर पदमबहादुर कुँवरले जानकारी दिए।

उनकाअनुसार हेलम्बु-१ स्थित आयोजनाको गेट नम्बर- ९ मा रहेको मुहान तथा हेडवक्र्समा सिलिण्डर र गेट नम्बर १ मा जालीसहितका उपकरणहरु राखेर मर्मतसम्भार गरिनेछ। मर्मत सकिएपछि पानी वितरण कार्य पुनः नियमित गरिने आयोजनाले जनाएको छ।

प्रकाशित : 15 May, 2023

प्रतिक्रिया दिनुहोस्