नेपाली सेनाको टोली सगरमाथा शिखरमा

सहयात्रा टिभी

ओखलढुंगा । जेठ १, सफा हिमाल अभियानमा खटिएको नेपाली सेनाको टोलीले सोमबार सगरमाथा शिखर आरोहण गरेको छ । नेपाली सेनाका कर्णेल किशोर अधिकारीको नेतृत्वमा कप्तानहरु दिपेन्द्रसिं खत्री, विष्णुबल राई र दुई जवानहरु किशोर जवेगु, शंकर कुँवरले सगरमाथा आरोहण गरेका हुन् ।

उनीहरुसँगै माउन्टेन गाइडको रुपमा भोजपुरका वोङछु शेर्पा र संखुवासभाका फुर्वा शेर्पा, फुर्वादोर्ची शेर्पा, लाक्पा शेर्पाले समेत आरोहण गरेका छन् । उनीहरुले बिहान १० बजेर ५ मिनेटमा शिखर आरोहण गरेको हिमाल सफाइ अभियानको व्यवस्थापनमा खटिएको पिक प्रशोमन प्रालिका निर्देशक आङबाबु शेर्पाले बताए । सेनाको टोली मंगलबार ल्होत्से आरोहणको तयारीमा छ ।

प्रकाशित : 15 May, 2023

प्रतिक्रिया दिनुहोस्