भोलि पनि पूर्वगृहमन्त्री खाँणको बयान लिने

सहयात्रा टिभी

काठमाडौँ । जेष्ठ १,  पूर्वगृहमन्त्री बालकृष्ण खाँणसँग जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले भोलि पनि बयान लिने भएको छ ।

आज लिएको बयान नसकिएपछि भोलि पुन बयान लिन लागेको हो ।

नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै भएको ठगीमा संलग्न रहेको आरोपमा पक्राउ परेका पूर्वगृहमन्त्री बालकृष्ण खाँणसँग जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले भोलि पनि बयान लिने भएको छ ।

सरकारको वकिलको कार्यालयले यो मुद्दामा अनुसन्धान सकेर भोलिसम्ममा फाइल तयार गर्न पनि प्रहरीलाई भनेको छ ।

ठगी, संगठित अपराधलगायतका विभिन्न मुद्दामा अनुसन्धान गरिरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले अनुसन्धान नसकिएको भन्दै समय मागेपछि जिल्ला अदालतले हिजो मात्रै उनलाई थप ४ दिन थुनामा राख्न अनुमति दिएको थियो ।

 

 

प्रकाशित : 15 May, 2023

प्रतिक्रिया दिनुहोस्