तथ्यांक अनुसार राजस्व संकलन गत वर्षभन्दा १ खर्बले कम

काठमाडौँ । जेष्ठ १, चालु आर्थिक वर्षको तथ्यांक अनुसार १० महिनाको अवधिमा कुल राजस्व गत वर्षको सोही अवधिको भन्दा १ खर्बले कम भएको छ ।
महालेखा नियन्त्रकको कार्यालयको तथ्यांक अनुसार १० महिनाको अवधिमा ७ खर्ब ५६ अर्ब २५ करोड रुपैयाँ राजस्व संकलन भएको छ । गत वर्ष सोही अवधिमा ८ खर्ब ६५ अर्ब ६९ करोड रुपैयाँ राजस्व संकलन भएको थियो ।
तथ्यांक अनुसार चालु आर्थिक वर्षमा गत वर्षको भन्दा पनि कम राजस्व उठेको छ । महालेखा नियन्त्रकका अनुसार गत वर्षको तुलनामा १ खर्ब ९ अर्ब ४४ करोड रुपैयाँ कम राजस्व संकलन भएको हो ।