घरको गेट सडकतिर फर्काएर नखोल्न ललितपुर महानगरको निर्देशन

सहयात्रा टिभी

काठमाडौं । जेठ २, ललितपुर महानगरपालिकाले घरको गेट सडकतिर फर्काएर नखोल्न निर्देशन दिएको जानकारी प्राप्त भएको छ ।

महानगरपालिकाले घरको गेट सार्वजनिक जग्गासमेत अतिक्रमण गरी सडकतर्फ खोल्ने गरेको पाइएको भन्दै त्यसो नगर्न यस्तो निर्देशन दिएको हो ।

सार्वजनिक सूचना जारी गर्दै महानगरपालिकाले सडकतर्फ गेट खोल्दा सर्वसाधारणलाई हिंड्न अवरोध हुने भएकोले ३५ दिनभित्र सुधार गर्न निर्देशन दिएको हो ।

तोकिएको तिमिभित्र पनि यसरी गेट खोलेको पाइएमा कानुनी कारबाही हुने चेतावनीसमेत महानगरपालिकाले दिएको छ ।

 

 

प्रकाशित : 16 May, 2023

प्रतिक्रिया दिनुहोस्