लामो दुरीको यात्रुबाहक र मालबाहक गाडीको भाडा घट्यो

सहयात्रा टिभी

काठमाडौँ । जेठ ३, सरकारले लामो दुरीको सार्वजनिक यातायातको भाडा घटाएको जनाएको छ ।

डिजेल र मट्टीतेलमा प्रतिलिटर १० रुपैयाँले मूल्य घटेलगत्तै यातायात व्यवस्था विभागले यात्रुबाहक र मालबाहक गाडीको नयाँ भाडादर सार्वजनिक गरेको छ ।

यातायात व्यवस्था विभागले घटेको मूल्य आजदेखि नै लागू भएको जनाएको छ ।

विभागका अनुसार यात्रुबाहक सवारी साधनमा ३.२० प्रतिशतले, पहाडी बाटोमा सन्चालन हुने मालबाहक गाडीमा ४.१९ प्रतिशतले र तराईको बाटोमा सन्चालन हुने मालबाहक गाडीमा ४.६५ प्रतिशतले भाडा घटेको छ ।

अन्तर प्रदेशको भाडा केन्द्र सरकारबाट र अन्तरपालिकाको भाडा प्रदेश सरकारबाट निर्धारण हुन्छ ।

 

 

 

प्रकाशित : 17 May, 2023

प्रतिक्रिया दिनुहोस्