‘ए’ डिभिजन लिग फुटबलमा आज तीन खेल हुँदै

सहयात्रा टिभी

काठमाडौं । जेठ ५, सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा शुक्रबार तीन खेलहरु हुँदैछन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने पहिलो खेलमा एफ सी खुमलटार र त्रिभुवन आर्मी क्लब भिड्दैछन् । यो खेल दिउसो ३ बजे सुरु हुनेछ ।

सोही सयममा एन्फा कम्प्लेक्स, सातदोबाटोमा हिमालयन शेर्पा क्लबले सशस्त्र प्रहरीको एपीएफ क्लबसँग खेल्नेछ । दशरथ रंगशालामा हुने दोस्रो खेलमा साँझ ६ बजे चर्च ब्वाइज युनाईटेड र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

तालिकाको शिर्ष स्थानमा रहेको चर्च ब्वाइज शुक्रबारको खेल जित्दै दोस्रो स्थानको जावलाखेल युथ क्लबसँग अंक दुरी बढाउने योजनामा रहेको छ ।

लिगमा १८ खेलबाट ३३ अंक जोडेको चर्च ब्वाइज शिर्ष स्थानमा छ भने एक खेल बढी खेलेको जावलाखेल ३२ अंकसहित दोस्रो स्थानमा रहेको छ ।

प्रकाशित : 19 May, 2023

प्रतिक्रिया दिनुहोस्