नेप्से सामान्य वृद्धि भएर बन्द भयो

सहयात्रा टिभी

काठमाडौं । जेठ ७, साताको पहिलो कारोबार दिन आज सेयर बजार परिसुचक नेप्से सामान्य वृद्धि भएर बन्द भएको छ ।

दिनभरजसो उतार चढाव भइरहेको बजार ५.८८ अंकले बढेर १८८३.२० विन्दुमा रोकिएको छ । आइतबार ०.,३१ प्रतिशतले सेयर बजार बढेको हो ।

आइतबार २७२ धितोपत्रको ३४ हजार ३३१ वटा कारोबारबाट ४८ लाख २८ हजार ७७६ कित्ता सेयर किनबेच भएको छ ।

आइतबार कारोबार रकम १ अर्ब ६० करोड रुपैयाँको भएको छ । उपसूचकहरुमा समेत मिश्रित नजिता आएको छ ।

आइतबार विकास बैंक, वित्त, जलविद्युत, उत्पादन र प्रशोधन उपसूचकको मूल्य घटेको छ । अन्य उपसूचक भने बढेका छन् ।

 

प्रकाशित : 21 May, 2023

प्रतिक्रिया दिनुहोस्