बलात्कार पछि हत्या गरी फरार २ जना १६ वर्ष पछि पक्राउ

सहयात्रा टिभी

सुनसरी । जेठ ८, १६ वर्ष अघि बलात्कार पछि हत्या गरेर फरार भएका दुई जना पक्राउ परेका छन्। धरान उपमहानगरपालिका–१२ की २५ वर्षीया ललिता राईलाई बलात्कार पछि हत्या गरेर फरार रहेका दुई जना पक्राउ परेका हुन्।

जिल्ला प्रहरी कार्यालयका अनुसार पक्राउ पर्नेमा धनकुटा शहिदभुमी गाउँपालिका–१ का ५६ वर्षीय चन्द्रबहादुर राई र ४४ वर्षीय कल्पन राई रहेका छन्।

इलाका प्रहरी कार्यालय धरानका डिएसपी नवराज मल्लका अनुसार शहिदभुमी गाउँपालिकाबाट पक्राउ गरी उनीहरूलाई जिल्ला अदालत सुनसरीमा म्याद थपका लागि लगिएको थियो। जसअनुसार १० दिनको म्याद थप गरी उनीहरू माथि अनुसन्धान अगाडी बढाइएको मल्लले जानकारी दिए। उनका अनुसार पक्राउ पर्ने बित्तिकै दुवै जनाले आफूले गरेको सो अपराध स्वीकार गरेका छन्।

गत २०६४ मंसिर २३ गते धरानको बलभद्रेश्वर अरुणोदय धर्मशालामा लगी ललितालाई पालैपालो बलात्कार गरेको तर ललिता चिच्याउन थाले पछि पोल खुल्ने डरले हत्या गरेर फरार भएको दुवै जनाले स्वीकार गरेको प्रहरीले जनाएको छ।

प्रकाशित : 22 May, 2023

प्रतिक्रिया दिनुहोस्