नेपालले तल्लो अरुणको सम्झौता भारतीय कम्पनीसँग स्वीकृत

सहयात्रा टिभी

काठमाडौँ । जेठ १४, लगानी बोर्ड नेपालले तल्लो अरुणको परियोजना विकास सम्झौता (पीडीए) स्वीकृत गरेको जनाएको छ ।

आइतबार बसेको बोर्ड बैठकले भारतीय कम्पनी सतलज विद्युत निगम (एसजेभीएन)सँग आयोजना निर्माणका लागि गर्ने पीडीएको मस्यौदा स्वीकृत गरेको हो ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा गत ८ असार २०७८मा बसेको लगानी बोर्डको बैठकले निकै आकर्षक मानिएको करिब ९०० मेगावाट क्षमताको तल्लो अरुण भारतीय कम्पनी सतलज विद्युत निगम (एसजेभीएन) लाई दिने निर्णय गरेको थियो ।

लगत्तै २७ असारमा समझदारीपत्रमा हस्ताक्षर भएको थियो । यो परियोजना निर्माण गर्न भारतीय कम्पनीले १ खर्ब ५३ अर्ब लगानी गर्नेछ ।

भारतले यो परियोजना हात पार्न २०७३ सालदेखि ताकेता सुरु गरेको थियो ।

९०० मेगावाटको अरुण तेस्रो जलविद्युत आयोजना बनाइरहेको भारतीय कम्पनीले अरुण तेस्रो बनाइरहेको छ भने अरुण ४ मा नेपाल विद्युत प्राधिकरणसँग संयुक्त लगानी गर्ने गरी समझदारी भइसकेको छ । माथिल्लो अरुण पनि हात पार्न सतलजको तीब्र लबिइङ छ ।

 

प्रकाशित : 28 May, 2023

प्रतिक्रिया दिनुहोस्