एडीबी सहित परामर्शदाताको समूहले मेलम्चीको नयाँ मुहान खोजिंदै
काठमाडौँ । जेठ १४, एसियाली विकास बैंक (एडीबी)सहित परामर्शदाताको समूहले नयाँ मुहानको खोजी थालेको जनाएको हो ।
मेलम्ची खानेपानी आयोजनाको पानी पथान्तरणका लागि नयाँ मुहानको खोजी सुरु भएको छ ।
१ असार, २०७८ मा आएको बाढीले यसअघि सिन्धुपाल्चोकको अम्बाथानमा तयार भएको मुहानस्थल क्षतिग्रस्त गरेपछि भौगोलिक रुपमा कम चुनौतीपूर्ण ठाउँमा हेडवर्क्स बनाउने गरी नयाँ मुहान खोज्न थालिएको हो ।
मेलम्ची खानेपानी विकास समितिका निर्देशक तथा प्रवक्ता राजेन्द्र पन्त एडीबीको टोलीले नयाँ मुहान खोजिरहेको र त्यसकै आधभारमा डिजाइनको काम गरिरहेको बताउँछन् ।
नयाँ मुहान बनेमा थप सुरुङ बनाएर मुहानस्थलमा सबै नयाँ संरचना बनाउनुपर्नेछ । पन्तका अनुसार हालको हेडवर्क्सको ३ भागमध्ये २ वटा भाग पुरिएका छन् भने एक भागमा धेरै क्षति पुगेको छ ।
त्यसैलाई मर्मत गरेर पानी ल्याउने काम अघि बढेको भन्दै उनले आगामी आर्थिक वर्षका लागि सरकारले ४० करोड बजेटको सिलिङ दिएको बताए ।