मलेसियाले उत्कृष्ट बलिङ गरेपछि नेपाल ५० रनमा अलआउट

काठमाडौं । जेठ १५, पाँच खेलको टी-२० अन्तर्राष्ट्रिय शृखंलाका लागि मलेसिया भ्रमणमा रहेको नेपाली महिला क्रिकेट टोलीले पहिलो खेलमा खराब ब्याटिङ गरेपछि ५० रनमा अलआउट भएको छ ।
झण्डै एक वर्षपछि अन्तर्राष्ट्रिय क्रिकेट खेलिरहेको नेपालले बांगाईस्थित युकेएम-युएसडी मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको थियो । तर घरेलु टोलीलमलेसियाले उत्कृष्ट बलिङ गरेपछि नेपाल पूरै ओभर समेत क्रिजमा टिक्न सकेन र १६-५ ओभर खेल्दै ५० रनमा अलआउट भयो ।