प्रि-ओपन सेसनमा नेप्से सूचक सामान्य घट्यो
सहयात्रा टिभी
काठमाडौँ । जेठ ३१, प्रि-ओपन सेसनमा नेप्से सूचक ०.४९ अंकले घटेको छ । यससँगै सूचक २०२०.१५ विन्दुमा अडिएको छ । ७४ लाख ६२ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । २० कम्पनीको १७ हजार ५४० कित्ता सेयर कारोबार भएको छ ।
यो सेसनमा कुल ५५ वटा कारोबार भएको छ । १३ कम्पनीको भाउ बढेको छ भने ५ वटाको मूल्य घटेको छ । बाँकी कम्पनीमा भने कुनै पनि परिवर्तन भएको छैन ।