सतर्कता केन्द्रद्धारा सिंहदरबारका कर्मचारीमाथि अनुगमन

काठमाडौं । जेठ ३२, सिंहदरबारका कर्मचारीमाथि सतर्कता केन्द्रद्धारा अनुगमन गरेको जानकारी प्राप्त भएको छ ।
विवरणमा अधिकांश व्यक्तिगत कामका लागि सिंहदरबार भित्रबाट बाहिर निस्किएको देखिएको छ ।
सिंहदरबारबाट बाहिरिने कर्मचारीहरुले व्यक्तिगत काम, छलफल, तेल हाल्न, अस्पताल जान, चिठ्ठी पुर्याउन, खाना खान, संसद भवन जान लगायतका विवरण टिपाएका छन् ।
कर्मचारीहरु कार्यालय समय सुरु हुँदा हाजिर गर्ने, व्यक्तिगत कामका लागि दिनभर हराउने र बेलुका कार्यालय समय सकिने बेला फेरि हाजिर गरेर हिँड्ने गरेको गुनासो बढेपछि सतर्कता केन्द्रले आज बिहान १० बजेदेखि छड्के अनुगमन गरेको हो ।