यौन दुर्व्यवहारको आरोप लागेका एसएसपी पाल निलम्बित

काठमाडौं । असार १, महिला प्रहरीमाथि यौन दुर्व्यवहारको आरोप लागेका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) योगबहादुर पाललाई गृह मन्त्रालयले निलम्बन गरेको जनाएको छ।
प्रहरी प्रधान कार्यालयका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डिआइजी) कुबेर कडायतले एसएसपी पाललाई ६ महिना निलम्बन गरिएको गृहको पत्र प्रहरी प्रधान कार्यालय आइपुगेको जनाएका छन् ।