अभिनेत्री तमन्नाले गरीन अनस्क्रिन चुम्बन नगर्ने नीति तोड्ने निर्णय

सहयात्रा टिभी

काठमाडौं । असार १, ‘बाहुबली’ फेम्ड अभिनेत्री तमन्ना भाटिया चाँडै नै नेटफ्लिक्सको वेब सिरिज ‘लस्ट स्टोरीज २’ मा देखिने भएकी छिन् ।

 

अभिनेत्री तमन्नाले गरीन अनस्क्रिन चुम्बन नगर्ने नीति तोड्ने निर्णय गरेकी छन् । यसैबीच भर्खरै उनले आफ्नो नयाँ श्रृंखलाका लागि चुम्बन नगर्ने नीति तोड्ने निर्णय गर्नुको कारणबारे खुलाएकी छन् ।

सिरिजमा तमन्नासँगै विजय वर्मा, नीना गुप्ता, अमृता सुभाष, अंगद वेदी, कुमुद मिश्रा, काजोल, मृणाल ठाकुर र तिलोत्तमा शो देखिनेछन् । यो सिरिज २९ जुनमा ओटीटीमा स्ट्रिम हुँदैछ ।

फिल्म कम्प्यानियनलाई दिएको अन्तर्वार्तामा तमन्नाले उक्त सिरिजबारे कुरा गरेकी छन् । उनले भनिन्, ‘म सुजयसँग काम गर्न चाहन्थें ।

म खुसी छु कि उनीहरूले मलाई यस श्रृंखलाको भागमा कास्ट गर्ने सोचेका थिए । मैले आफ्नो फिल्मी करिअरमा कुनै पनि फिल्ममा यस्तो इन्टिमेट सिन गरेको छैन, यस्ता दृश्य साँच्चै कमै छन् ।’

 

प्रकाशित : 16 June, 2023

प्रतिक्रिया दिनुहोस्