ताप्लेजुङको मेहेलेमा आज बिहान पहिरो जाँदा बाबु छोराको ज्यान गयो

काठमाडौँ । असार ४, ताप्लेजुङको सिदिङ्वा गाउँपालिका–६ मेहेलेमा आज बिहान पहिरो जाँदा बाबु छोराको ज्यान गएको स्रोतले जनाएको छ ।
एक जना घाइते भएका छन् । पहिरोमा परि केशरबहादुर राई र उहाँका छोरा सुरेश राईको ज्यान गएको हो ।
यस्तै, राजकुमार राई घाइते हुनुभएको प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक राजन लिम्बूले जानकारी दिनुभयो ।
पहिरोमा बेपत्ता हुनुभएका केशरबहादुर मृत भेटिनुभएको र घाइते हुनुभएका सुरेशको उपचार लागि लैजाँदै गर्दा ज्यान गएको हो । घाइते राजकुमारलाई उपचारका लागि अस्पताल लैजान समस्या भइरहेको राजन लिम्बूले बताउनु भयो।