बाढी र पहिरोका कारण पूर्वी नेपालमा ८ जनाको मृत्यु २८ अझै बेपत्ता

सहयात्रा टिभी

काठमाडौँ । असार ४, पूर्वी नेपालमा अविरल वर्षासँगै आएको बाढी र पहिरोका कारण हालसम्म ८ जनाको मृत्यु भएको जनाएको छ ।

सुरक्षा निकायका अधकारीको तथ्यांकअनुसार शनिबारयता ८ जनाको मृत्यु भएको जानकारी प्राप्त भएको छ । बाढी र पहिरोमा परी २८ जना बेपत्ता भएका छन् ।

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरमा अनुसार मृत्यु हुनेमा भोजपुर ट्याम्केमयुम-८ का ३२ वर्षीय मन्दीप राई, संखुवासभाको पाँचखपनका-९ का वर्ष २६ को सन्तोष राई, पाँचथर फालेलुङ– ४ का ८ वर्षीय जुना साउदेन, फिदिम ११ का २८ वर्षीय सन्जोग लिम्बू, ताप्लेजुङ फिदिङ्वा-६ वर्ष ३० को गणेश तामाङ, वर्ष ६७ को केशर राई र सोही ठाउँका वर्ष ३६ को सुरेश राई छन् ।

बाढी र पहिरोमा परी २८ जना अझै बेपत्ता छन् । प्रहरीका अनुसार तीन जना महिला र २५ जना पुरुष बेपत्ता भएका हुन् ।

बेपत्तामध्ये सबैभन्दा धेरै संखुवासभामा १८ जना छन् । पाँचथरमा तीन, ताप्लेजुङमा तीन, भोजपुरमा दुई जना बेत्तपा भएका छन् । उनीहरूको खोजी कार्य भइरहेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

प्रदेश प्रहरीका अनुसार पाँचथरमा १२ वटा पुलमा क्षति पुगेको छ । मेची राजमार्ग अवरुद्ध भएको छ । बाढी र पहिरोले २२ वटा घर भत्काएको छ ।

 

 

प्रकाशित : 19 June, 2023

प्रतिक्रिया दिनुहोस्