मुद्दा फिर्ता लिने निर्णयविरुद्ध प्रदर्शन गरीरहेका उपप्राध्यापक प्रेम पक्राउ

काठमाडौँ । असार ४, आफूमाथि आक्रमण गर्ने नेविसंघका कार्यकर्तामाथिको मुद्दा फिर्ता लिने मन्त्रिपरिषदको निर्णय गरेपछिको विरोध प्रदर्शनमा बोल्दै उनले सत्याग्रह थाल्ने घोषणा गरे।
उनले रुँदै भने, ‘यो गुण्डा र अपराधीहरूको देशमा मलाई बाँच्नु छैन । मैले मेरा सत्याग्रह थाल्छु, मलाई बन्द इजलास र सरकारले पनि न्याय दिएन। म न्याय खोसेर लिन्छु। म गुहार माग्न आएको छु। सडकमा मलाई गुहार दिनुहोला।’
उनले प्रधानमन्त्री र गृहमन्त्रीलाई के को आधारमा मुद्दा फिर्ता लिनुभयो ? भन्दै सोधिदिन आग्रह गरे।
आफूमाथि आक्रमण गर्नेहरुको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध धर्ना दिन जिल्ला अदालत, काठमाडौं पुगेका उपप्राध्यापक प्रेम चलाउने पक्राउ परेका छन् ।
प्रहरीले चलाउनेसहित केहीलाई नियन्त्रणमा लिएको हो । उनीहरुले मुद्दा फिर्ता नलिन र उपप्राध्यापक चलाउनेलाई न्याय दिन माग गरेका थिए ।
चलाउनेमाथि आक्रमण गरेको आरोपमा नेपाल विद्यार्थी संघका हरि आचार्य, योगेन्द्र रावल लगायतविरुद्ध जिल्ला अदालत, काठमाडौंमा ज्यानमुद्दा विचाराधीन छ ।
भोलि ५ गते पेशी तोकिएको बेला मन्त्रिपरिषद्ले मुद्दा फिर्ताको निर्णय गरेको पत्र आइतबार अदालतमा पुगेको थियो ।